तपाईँ सुन्दै हुनुहुन्छः

रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, बालिका घाइते

भक्तपुर । भक्तपुरमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी सात वर्षीया एक बालिका घाइते भएकी छन् ।

अरनिको राजमार्ग अन्तरगत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको बा३ख ८८०३ नम्बरको ट्रिपरमा बा३०प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्वाटीको डाक्टर इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको डाक्टर इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button