तपाईँ सुन्दै हुनुहुन्छः

दार्मा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई निःशुल्क मास्क र साबुन वितरण

सल्यान । दार्मा गाउँपालिकाले गाउँपालिकाका सम्पूर्ण नागरिकलाई निःशुल्क मास्क र साबुन वितरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन मास्क र साबुन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

आउँदै गरेको दशँ तिहार र खुल्दै गरेका विद्यालयलाई विशेष ध्यानमा राखी आम जनताको स्वास्थ्य सुरक्षाका लागि मास्क र साबुन वितरण गरिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो ।

गाउँपालिकाका तीन हजार नौ सय १० घरधुरीमा साबुन र २३ हजार चार सय १८ जनालाई मास्क वितरण गरिएको उहाँले बताउनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्न र रोकथामका लागि मास्क र साबुन वितरण गरिएको उहाँको भनाई छ । उहाँले वडा कार्यालयमार्फत प्रत्येक घरमा पुगी मास्क र साबुन वितरण गरिएको बताउनुभयो ।

मास्क वितरण गर्दा मास्कको सही प्रयोग र हात धुने विधि पनि सिकाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताउनुभयो ।

कोरोना भाइरसले विश्व नै समस्यामा परेको अवस्थामा साबुन र मास्क बोकेर नागरिकको घरदैलोमो पुगेको उहाँको भनाई छ ।

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम भएको भन्दै उहाले भिडभाडमा नजान नागरिकलाई आग्रह गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button