तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १६ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगञ्ज । बाँकेमा आज थप १६ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।

निको भई डिष्चार्ज हुनेहरुमा  ११ जना  पुरुष र पाच जना महिला रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या एक  हजार आठ सय नौ पुगेको छ ।

बाँकेमा कोरोना निको हुने दर ७६.३६ प्रतिशत छ । हाल बाँकेमा अब पाच सय ३४ जना आइसोलेसनमा छन् । हालसम्म दुई हजार तीन सय ६९ जनामा कोरोना पुष्टि हुँदा २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button