प्रहरीद्वारा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट
बारा । जिल्ला प्रहरी कर्यालय बाराले आज भारी मात्रामा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
विशेष सुचनाको आधारमा प्रहरी निरिक्षक रुद्रराज कडेँलको नेतृत्वमा गएको प्रहरी टोलिले १२ हजार ८ सय लिटर घरेलु मदिरा नष्ट गरेको हो ।
मदिरा उत्पादन गर्ने १९ ओटा भट्टी भत्काई १२ हजार अर्धतयारी र ८ सय लिटर तयारी मदिरा नष्ट गरिएको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रहरीले जिल्ला भित्रका गञ्जभवानीपुर, डुमरबाना, सिम्रौनगढ, मधुवन, पिपरपाती लगायतका स्थानहरूबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोे छ ।








प्रतिक्रिया राख्नुहोस्