सिन्धुपाल्चोक र काभ्रेका स्थानीय तहमा कृषि उत्पादन केन्द्र सञ्चालन हुँदै
देवराज सुवेदी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालन हुने भएको छ । दुवै जिल्लाको सबै स्थानीय तहहरुमा एक एक वटा ब्लक सञ्चालन गरिने कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, व्यावसायिक ब्लक कार्यक्रममा लागी प्रस्ताव दर्ता गर्न किसानसँग कार्यालयले अनुरोध गरेको छ ।
काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ६,७ र ११ , बनेपा नगरपालिका वडा नम्बर १, पाँचखाल नगरपालिका वडा नम्बर २,३,६ र १२, र धुलिखेल न.पा. वडा नम्बर १,२ र ३ मा तरकारी ब्लक संञ्चालन गरिने कार्यालयका प्रमुख तेज प्रसाद दुवाडीले बताउनुभयो ।
उहाँका अनुसार रोशी गाँउपालिका, नमोबुद्ध नरपालिका, खानीखोला गाँउपालिका, तेमाल गाँउपालिका र महाभारत गाँउपालिकामा मकै ब्लक सञ्चालन हुने बताईएको छ । यस्तै भुम्लु गाँउपालिका वडा नम्बर २ र ३ मा सुन्तला र बेथानचोक गाँउपालिका वडा नम्बर ५ मा चिया ब्लक संचालन हुने छ ।
यसैबिच सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ४ र ७, त्रिपुरा सुन्दरी गाँउपालिका वडा नम्बर ६ र पाँचपोखरी थांगपाल गाँउपालिका वडा नम्बर ३,४ र ७ मा तरकारी ब्लक सञ्चालन हुने छ ।
मेलम्ची नगरपालिकामा किवी, हेलम्बु गाँउपालिकामा स्याउ र चौतारा साँगाचोकगढी नगरपालिकामा चिया ब्लक सञ्चालन हुने बताईएको छ ।
यस्तै लिसंखुपाखर गाँउपालिका, जुगल गाँउपालिका र भोटेकोशी गाँउपालिकामा आलु ब्लक सञ्चालन हुने छ भने सुनकोशी गाँउपालिका, बलेफी गाँउपालिका र इन्द्रावती गाँउपालिकामा मकै ब्लक सञ्चालन गरिने कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्