तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादन विश्व बजारसम्म पुर्याउनुपर्नेमा जोड

काठमाडौं । नेपाली कृषि उत्पादन विश्व बजारसम्म पुर्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा सरोकारवालाहरुले नेपालको अग्र्यानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले नेपाली उत्पादन विश्वबजारसम्म पुर्याउनैपर्ने बताउनुभयो ।

सम्मेलनका क्रममा ‘कृषि उत्पादन र बजारीकरण’ प्यानल छलफलका क्रममा बोल्ने वक्ताहरूले कृषि उत्पादन बढाएर अन्तराष्ट्रिय बजारसम्म पुर्याउन सरोकारवाला निकायले विशेष भूमिका खेल्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

विषादी तथा एन्टिबायोटिकको प्रयोग बढिरहेकामा चिन्ता व्यक्त गर्दै वक्ताहरूले अर्गानिक खेतीमा ध्यान दिनसके स्वदेश तथा विश्व बजारमै बिक्रीको समस्या नहुने बताउनुभयो ।

वक्ताहरुले उघमी सहुलियत कर्जामा उच्च प्राथमिकता दिएर विदेशबाट फर्केकालाई उद्यमी बनाउनर जरुरी रहेको पनि बताउनुभयो ।

खाद्यबाली धान, गहुँ र मकैको जिडिपीमा ठूलो योगदान रहेकाले यसको उत्पादन बढाउन सबै जागरुक हुनुपर्ने, किसानलाई बजार, कर्जा, ढुवानी, भण्डारण र बीमामा सहयोग गर्न सके कृषि उत्पादन बढ्ने र बजारीकरण हुन थप सघाउ पुग्ने भएकाले त्यस अनुरुपको योजनाकासाथ अगाडी बढ्न सहभागीहरुले सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button