तपाईँ सुन्दै हुनुहुन्छः

हावा भर्ने ग्याँस ट्यांकी विस्फोट हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्जको वाइपास सडकखण्डको ब्रम्हचोकमा रहेको हावा भर्ने ग्याँस ट्यांकी विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ ब्रम्हचोकमा आज दिउँसो १ बजे टिप्परमा हावा भर्ने क्रममा अचानक ट्यांकी विस्फोट हुँदा बारा सिमरा निवासि ४५ वर्षिय मिस्त्री ऋषि चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागी वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button