तपाईँ सुन्दै हुनुहुन्छः

अन्तराष्ट्रिय प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण

रुपन्देही । इन्टरडिफेन्डेन्स कमिटी नेपालले अन्तराष्ट्रिय चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।

लकडाउनका बीचमा अनलाइनबाट भएको प्रतियोगितामा विजयी भएका ८ जनालाई इन्टरडिफेन्डेन्स कमिटीले आज बुटवलमा पुरस्कार वितरण गरेको हो ।

नेपालसहित २० राष्ट्रका विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा अष्ट्रेलिया र अमेरिका ३ सदस्यले निर्णायकको भूमिका गरेका थिए ।

निर्णायकको अंकका आधारमा नेपालका ८ जना विजयी भएपछि अमेरिकाबाट पठाएको पुरस्कार विद्यार्थीहरुलाई वितरण गरिएको कमिटीका अध्यक्ष टुकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको कला आर्टको क्षमता प्रदर्शन गर्न कमिटीले हरेक वर्ष नेपालबाट विदेशमा अनलाइनमार्फत आर्ट प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button