तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा थप ३ सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीसहित लुम्बिनी प्रदेशमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।यससँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

पछिल्लो १२ घण्टायता लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, दाङ र बाँके जिल्लाका गरी थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो ।

असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उहाँलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो । मृतक क्षयरोगका दीर्घरोगी रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

यससँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ ।कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा र दाङको घोराही उपमहानगरपालिका वडा नंं. ३ निवासी १५ वर्षीय किशोरको बाँकेको शिक्षण अस्पताल कोहलपुरमा गएराति मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button