अरमेनिया र अजरबैजानद्वारा युद्ध विरामको घोषणा
मस्को । युद्धमा होमिएका दुई दक्षिण युरोपेली मुलुकहरू अरमेनिया र अजरबैजानले आज शनिबार मध्य रातीबाट युद्ध विराम घोषणा गरेका छन् ।
विवादित नगोर्नो काराबाख क्षेत्रलाई लिएर दुई देशबीच विगत केही साता देखी भीषण युद्ध जारी छ । विवादित क्षेत्रलाई लिएर विस्तृत वार्तामा बस्नका लागि दुई देश तयार भएका रुसी विदेश मन्त्री सरगे लाभरलाई उदृत गर्दे अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
अरमेनिया र अजरबैजान बीच युद्धबिराम र शान्तिवार्ता गराउन रुसले मध्यस्थताकर्ताको भूमिका खेली रहेको छ ।
दुई छिमेकी मुलुक बीच सन् १९१८ देखी नगार्नो काराबाखलाई लिएर धेरै पटक युद्ध हुँदै आएको छ ।
युद्धमा हजारौँको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन् ।
अजरबैजानमा पर्ने उक्त क्षेत्रका बासिन्दा जातीय रूपमा अरमेनियन रहेका र यस कारणले नगर्नो काराबाख सधैँ विवादमा रहेको अलजजिराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्