सभापति देउवाद्वारा प्रसाईको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामवावु प्रसाई (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी, सत्यवादी नेताको रुपमा पहिचान बनाउनु भएका पूर्व कोषाध्यक्ष प्रसाईको निधनले आफूलाई दुःखीत बनाएको उल्लेख गर्नु हुुँदै उहाँमा भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
स्व प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो ।
रासस








प्रतिक्रिया राख्नुहोस्