कोरोना भाइरसको सङ्क्रमणका कारण १० जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या छ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक जना महिला र नौ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँका ८७ बर्षीया महिलाको मृत्यु भएको हो भने झापाका २९ र ५२ बर्षीय पुरुष, सुनसरीका ४६, ५२, र ६८ बर्षीय पुरुष, काठमाडौँका ७१ बर्षीय पुरुष, ललितपुरका ८४ बर्षीय पुरुष, रुपन्देहीका ४७ र ८४ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्