तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा ६ जना कोरोना संक्रमित थपिए

धनकुटा । धनकुटामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै धनकुटामा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

कोरोना संक्रमण देखिएकाहरुमा नेपाल टेलिकम धनकुटामा कार्यरत २ जना कर्मचारी , घरेलु तथा साना उद्योग कार्यालयका १ जना कर्मचारी, धनकुटा नगरपालिका वडा नं १ का १ जना र धनकुटा नगरपालिका वडा नं ४ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाको प्रमुख तुलसी प्रसाद गुरागाइले जानकारी दिनुभएको छ ।

धनकुटा अस्पतालको आइसोलेसनमा १२ जना र सुनसरीस्थित धरान घोपामा ४ जना रहेका छन् भने यस अघि ४५ जना निको भएर घर फर्किसकेका छन् । धनकुटामा संक्रिय संक्रमित १२ जना उपचाररत रहेको छन । आज सम्म पीसीआर बिधिबाट कोरोना परीक्षण संख्या जिल्लामा २ हजार २ सय २५ पुगेको छ । परीक्षण गरिएका मध्य २ हजार १ सय ५१ जनाको नेगिटिभ नतिजा आएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । पीसीआर परीक्षण गर्नका लागि नमुना संकलन गरिएको १७ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button