तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केसीलाई कोरोना सङ्क्रमण

रुपन्देही । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार उहाँको परीक्षण रिपोर्टमा पोजेटिभ नतिजा आएको मन्त्री केसीको सचिवालयले जनाएको छ ।

मन्त्री केसीको अवस्था सामान्य रहेको र होमआइसोलेसनमै रहनुभएको जनाइएको छ । मन्त्री केसीका निजी सचिव पवन कँुवरले उहाँसँग सम्पर्कमा रहेका सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button