तपाईँ सुन्दै हुनुहुन्छः

निमार्ण सम्झौता भएको चार वर्षपछि सम्पन्न नाथे खोला पुल

सल्यान । निमार्ण सम्झौता भएको चार वर्षपछि नाथे खोला पुल निमार्ण सम्पन्न भएको छ ।जग्गा मुवाब्जाको विषयमा विवाद हुँदा रोकिदै आएको पुलले चार वर्षपछि पूर्णता पाएको हो ।

सल्ली चौरजहारी सडकखण्ड अन्र्तगत बनगाड कुपिण्डे नगरपालिाक– ५ नाथेखोलामा पक्की पुल निमार्ण सम्पन्न भएको हो ।

२०७३ साउनमा सम्झौता भई २०७४ पुष मसान्तसम्म काम सम्पन्न गर्ने भनिएपनि जग्गा मुआब्जामा विवाद हुँदा सम्झौता भन्दा तीन वर्षपछि काम सम्पन्न भएको निर्माण कम्पनी हरिहरी गजुरी जेभिले जनाएको छ ।

काम सुरु भएको ६ महिनामा ५० प्रतिशत काम सम्पन्न भएपनि जग्गा मुआब्जाको विषयमा विवाद हुँदा ५० प्रतिशत काम सक्न तीन वर्ष लागेको ठेकेदार हरि बहादुर रावतले बताए ।

जग्गा धनीले उच्च अदालत सुर्खेतमा जिल्ला प्रशासन कार्यालय सल्यान, सडक डिभिजन कार्यालय दाङ, बनगाड कुपिण्डे नगरपालिका र निमार्ण कम्पनीलाई विपक्षी बनाएर मुद्धा हालेका छन् । जग्गा मुआब्जाको लागि सरकारी दररेट अनुसार आएको ४६ हजार पाँच सय जग्गा धनीले बुझ्न नमानेपछि मुद्धा हालेका हुन ।

पुल निमार्ण सम्पन्न भएपछि सल्यान, रुकुमा पश्चिमका यात्रुहरुलाई निकै सहज भएको छ । पुल निमार्णको क्रममा गत साउनमा आएको खोलाले बगाउँदा पुलमा काम गर्दै आइरहेका एक कर्मचारील वेपत्ता भएका छन् । उनको अहिले पनि खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button