कोरोना संक्रमणबाट दोलखामा पहिलो पटक एक जनाको मृत्यु
दोलखा- कोरोना संक्रमणका कारण दोलखामा पहिलो पटक एक जना महिलाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटमा विहिवार विहान करिब ३ बजे तिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर ७ घर भएको ती महिलालाई बुधवार राति उपचारको लागि प्राथामीक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याईएको थियो । निमोनिया र श्वास प्रश्वासमा समस्या भएको ती महिलामा कोरोनाको समेत लक्ष्यण देखिएपछि बुधवार रातिनै स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल पठाईएकोमा विहिवार उनको रिर्पोट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक महिला १५ दिन अघिमात्र भारतबाट आएको आफन्तले जनाएका छन् । उपचारमा सुरुमै महिलामा कोरोना संक्रमणको आशंका गरिएकोले अस्पतालमा एक्लै राखेर उपचार गरिएकोले एउटा कोठामात्र सिल गरिने अस्पताल स्रोतले जनाएको छ । मृतकको आफन्तलाई मृतकमा कोरोना पोजेटिभ देखिएको बारे जानकारी गराईएको र आईसोलेट हुन भनिएको अस्पतालले जनाएको छ ।
मृतकको आफन्त चरिकोट बजारमा धेरैठाँउ घुमेकोले बजारमा समेत सर्तकता अपनाउनु पर्ने देखिएको छ । मृतकको शवलाई शुक्रवार नेपाली सेनाको टोलिले अन्तिम संस्कार गर्ने तयारी गरेको बुझिएको छ ।








प्रतिक्रिया राख्नुहोस्