झापामा घाइते हात्तीको सफल उपचार

भद्रपुर, झापा- झापामा लामो समयदेखि फुटेको आँखा र जिउभरि भालाको चोट लागेको एउटा घाइते हात्तीको सफल उपचार भएको छ ।
चितवनबाट आएका वरिष्ठ पशुचिकित्सक डा. बिजयराज श्रेष्ठ नेतृत्वको चार सदस्यीय टोलीले बिहीबार हात्तीलाई वेहोश बनाएर उपचार गरेको हो ।
मेचीनगर–३ बाहुनडाँगीस्थित तेलपानी सामुदायिक बनको ३ किलोमिटरभित्र झाडीमा विहान डाट विधिबाट वेहोश बनाई उपचार गरिएको डा. श्रेष्ठले बताउनुभयो । पहिलो गोली हानेको एक घण्टासम्म हात्ती बेहोश नभएपछि दोस्रो गोली हानिएको थियो । दोस्रो गोली हानेको १० मिनेटमै हात्ती बेहोश भएर ढलेको थियो । हात्ती करिब ४५ बर्षको रहेको डा. श्रेष्ठले बताउनुभयो ।
हात्तीको लम्बाई ६ दशमलव ४० सेमी, उचाई ३ मिटर र ८० सेमीको दाह्रा रहेको छ ।आँखा नदेख्दा सो हात्ती गाउँवस्तीमा जथाभावी डुल्थ्यो । मानिसहरुमा त्रास फैलिने गरेको थियो । घर र रुखहरुमा समेत ठोक्किदै हिँड्ने गरेको सो हात्तीलाई मानिसहरुले भाला र तीरले हानेर घाइते बनाएका थिए ।उपचारपछि रमाउँदै रमाउँदै हात्ती जङ्गलतिर कुदेको थियो ।








प्रतिक्रिया राख्नुहोस्