तपाईँ सुन्दै हुनुहुन्छः

झापामा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

भद्रपुर, झापा- झापामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सरकारले सार्वजनिक यातायात र बजार खुला गरेपछि झापामा संक्रमण दर बढ्दै जाँदा संख्या एक हजार नाघेको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बिहीबार नयाँ थपिएका २५ संक्रमितसँगै झापामा संक्रमितको संख्या १००३ पुगेको ५ ।संक्रमितमध्ये ८४८ जना निको भएर घर फर्किएका छन् । समुदाय तहमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ भने १४४ जना सक्रिय संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो ।

झापामा बिहीबारसम्म सरकारी तहबाट २७ हजार ५९३ जनाको पीसीआर परीक्षण गरिएको छ ।झापामा कोरोना भाइरसको संक्रमणबाट सबै तहका मानिस प्रभावित भएका छन् । स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार मात्र होइन जनप्रतिनिधिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसमेत दमक र भद्रपुर नगरपालिकाका दुईजना वडाध्यक्षमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button