टावरै टावरको डाँडा : पूर्वाधार छ,सुविधा छैन

रोल्पा- जिल्लामा शान्तीप्रकृया पछि बिभिन्न संस्थाले लाखौँ रकम लगानी गरी जनतालाई आआफ्नो सेवा प्रदान गरिरहेका छन् । डाँडा काँडामा टावर जडान गरिएको छ । नागरिकले सेवा लिइरहेका छन् भने सेवा प्रदायकहरुले सेवा दिइरहेको अवस्था छ ।
प्राय: सबै टावरमा आवत जावत गर्न सडक छैन साथै पिउने पानीको व्यवस्था पनि छैन मानिसलाई काम गर्न असहज भएको देखिन्छ।
पछिल्लो समय धेरै संरचना टावर भएको ठाउँ हो रोल्पा नगरपालिका को सात दोबाटो सदरमुकाम लिबाङ नजिक रहेको डाँडा ,घना जङ्गल त्यस स्थानमा नेपाल टेलिकम,रेडियो नेपाल,नेपाल टेलिभिजन,एनसेल,सामुदायिक रेडियो जलजला,सामुदायिक रेडियो रोल्पा,सामुदायिक रेडियो मालश्री,हेल्लो मोबाइल,वरल्डलीङ्क,इन्टरनेट,सुबिसु इन्टरनेट,वयबसर्फर इन्टरनेट र भूकम्प मापन स्टेसन रहेका छन् ।
तर उक्त ठाउँमा सडक सञ्जाल ,खानेपानी को व्यवस्थापन गर्ने तर्फ कुनैपने निकायको ध्यान गएको देखिँदैन,सडक र पानीको व्यवस्थापन गर्न जरुरी छ ।
त्यहाँ खटिने कर्मचारहिरु जोखिम मोलेर काम गरिरहेका छन् बिरामी भएमा स्वास्थ्य संस्था पुगी उपचार गर् नसक्ने अबस्था छैन अस्पताल पुग्न एक दीनलाग्छ साथै कुनैपनी एक संरचनामा बिद्युत् सट भएर,चट्याङ परेर अथवा अन्य कुनैपनी कारण बाट आगलागी भएमा तुरुन्त उद्धार गर्न सकिने अवस्था छैन ।
मानवीय क्षति पनि हुनसक्ने सम्भावना रहन्छ । दमकल पानी जनशक्ति उपलब्ध हुन सक्दैन,गाउँ,बजार देखी धेरै टाढा छ ।
मानिस पुग्दा सम्म संरचना मेसिन उपकरण जलेर नष्ट भइसक्छ । मुख्य सडक बाट उकालो चढ्न हिँडेर झन्डै एक घण्टा जति समय लाग्छ ।
त्यहाँ नियमित खटिने कर्मचारीलाई दैनिकी चलाउन उत्तिकै समस्या छ, आवश्यक पर्ने सामान ,खाद्यान्न,पानी पीठ्युमा बोकेर ओसार्नुपर्छ,भने मेसिन उपकरण नयाँ जडान गर्नुपर्दा अथवा बिग्रिएर मर्मत को लागी पटाउँदा ,पार्ट सबै खोलेर बोक्नको लागी मानिस खोजी बोकाउनु पर्ने बाध्यता छ ।यसरी बोकाउँदा सामान बिग्रने ,चिप्लिएर भिरबाट खस्ने,र बोकाउँदा खर्चिलो हुने गर्दछ ।







प्रतिक्रिया राख्नुहोस्