फरार प्रतिवादी ११ बर्ष पछि पक्राउ
सप्तरी । कर्तब्य ज्यान मुद्दामा साबिकको डाढा गाबिस. वडा नम्वर ६ भई हाल महादेवा गाउँपालिका ४ बस्ने देवीलाल रामको ४८ वर्षीय छोरा चन्दर राम चमारलाई सप्तरी प्रहरी आज ११ वर्ष पछि पक्राउ गरी अदालतमा बुझाएको छ ।
सप्तरी जिल्ला अदालतबाट ०५७ कार्तीक २७ गते तथा सर्वोच्च अदालतबाट ०६६ भदौ ८ गतेको फैसलाले तिन बर्ष कैद सजाय पाएका फरार प्रतिवादीलाई ११ वर्ष पछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिनु भायो ।
साथै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत हालसम्म सप्तरी जिल्ला अदालतबाट फरार सुचीमा रहेका प्रतिवादीहरु मध्ये यो सहित १ साय ९४ जना व्यक्तीहरुलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा बुझाइसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्