रेडियो नेपाल समाचार प्रभाव: जिल्ला प्रशासनले भिड व्यवस्थापन गर्न बार अनुसारको सेवा

जनकपुरधाम । कोरोनाको जोखिम रहेको बेलामा जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको भिड बढेको समाचार आएपछि अहिले कार्यालयले सेवालाई वर्गिकरण गरेर भिड व्यवस्थापन गर्ने कार्यमा जुटेको छ ।
सेवालाई सहज तथा व्यवस्थित बनाउनका लागि विभिन्न स्थानीय तहको कामकाज बार अनुसार छुट्याएर सेवा दिने गरि सूचना प्रकाशित गरेको छ ।
सक्कल नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी र राहदानी सहितका सवै सेवाहरुका लागि विशेष दिन र समय निर्धारण गरेर सेवा प्रवाह गरेपछि भिड नियन्त्रणमा आउने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
शुक्रबारदेखि लागु हुने सो उल्लेखित तालिका पश्चात् कार्यालयमा हुने भिडभाड, संक्रमणको अवस्थालाई ध्यानमा राखेर कार्यालयले तालिकामा परिमार्जन गर्दै जाने जनाएको छ । अहिले अत्यधिक भिड भएका कारणले संक्रमण फैलिने जोखिम रहेको छ ।
भिडको फोटोसहितको समाचार रेडियो नेपालको अनलाइनले प्रकाशित गरेपछि कार्यालयको गंभिर ध्यानाकर्षण भएर त्यसको व्यवस्थापनमा कार्यालय जुटेको हो ।








प्रतिक्रिया राख्नुहोस्