भारतको विहारमा चुनाव, नेपालतर्फ थप कडाई
जनकपुरधाम । भारतको विहार विधानसभाको चुनावका कारणले नेपाल भारतको सीमा क्षेत्रमा थप कडाई गरिएको छ ।
कोरोना महामारीका बीचमा भारतको विहारका विधान सभाको चुनाव विभिन्न चरणमा भोली देखि हुन लागेपछि दुवै देशको सुरक्षा अधिकारीहरुको वैठकको निर्णय अनुसार वोर्डमा थप कडाई गरिएको छ ।
कोरोना महामारीका कारण विगत ६ महिनादेखि नेपाल भारत सीमा शील रहेको र चुनावले थप कडाई गरेपछि नेपालमा रोजगारी तथा मजदूरी गर्ने भारतीय मतदाताहरु विहार छिर्न तथा आफ्नो निर्वाचन क्षेत्रमा जान सकेका छैन ।
विहारका हजारौ भारतीय नागरिक नेपालमा रोजगारको लागि आएको र सीमा शील एवं थप कडा बनाएपछि तिनीहरु घर फर्किन नसकेको हरलाखी क्षेत्रका उमगाउँ घर भई जनकपुरधाममा सीकर्मीको काम गर्ने विनोद ठाकुरले बताउनु भयो ।
नेपाल भारतको दशगजा सीमासंग टाँसिएर रहेको विहारको २० विधानसभा निर्वाचन क्षेत्रहरु वाल्मीकिनगर, रामनगर, सिकटा, रक्सौल, नरकटिया, ढाका, रीगा, बथनाहा, परिहार, सुरसंड, हरलाखी, खजौल, बाबूबरही, लौकहा, निर्मली, नरपतगंज, फारबिसगंज, सिकटी, बहादुरगंज, ठाकुरगंजमा भोली चुनाव हुने कार्यक्रम रहेको छ ।
सीमा शीलको भएको कारण नेपालमा रोजगारका लागि आएका विहारी मजदूरहरु घर फर्किन नसकेको जनाईएको छ । धनुषा, महोत्तरी, सिरहा, सर्लाही तथा सप्तरी सहितका जिल्लाहरुसंग जोडिएको क्षेत्रमा चुनाव हुने भएकाले थप सुरक्षा सतर्कता दुवै देशवाट अपनाईएको छ ।
यी जिल्लाहरुसंग सीमाना जोडिएको सीमा क्षेत्र पूर्ण रुपमा शील गर्नुका साथै पारि जानका लागि पूर्ण प्रतिबन्ध नै लगाईएको छ । चुनाव हुनु भन्दा ४८ घण्टा अगाडी नै सीमाना शील गर्ने निर्णय अनुसार सीमा आज विहान देखि पूर्ण रुपमा नै शील गर्ने काम भएको छ ।
यसै गरि सीमावर्ति क्षेत्रमा भएका रक्सीका पसल हिजो देखि नै बन्द गरिईएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भएको छ ।
चुनावको समयमा भारतमा अपराध गरेर नेपाल छिर्ने सम्भावना भएकाले नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको उल्लेख्य संख्यामा सुरक्षा कर्मीहरु परिचालन गरिईएको प्रदेश नं २ का प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्