तपाईँ सुन्दै हुनुहुन्छः

एक सय ३१ किलो गाँजा बरामद

बीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ देउरियाबाट प्रहरीले आज बिहान ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ देउरिया टोल निवासी ४० वर्षीय राज ओझैयाको

घरमा खनतलासी गर्दा एक सय ३१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले बताउनुभयो ।

घरमा गाँजा लुकाएर राखेका औझैयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button