मुद्रा कसुरका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले मुद्रा कसुरका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ गड्डाचौकी बस्ने कुश कार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई मुद्रा सम्बन्धी कसुरमा कञ्चनपुर जिल्ला अदालतको मिति २०७६ असोज ०२ गतेको फैसलाले ६ महिना कैद र रु दश हजार जरिवाना सजाय तोकेको थियोे । पक्राउ परेका प्रतिवादी कुश कार्कीलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्