तनहुँका २२९ घरका लागी रोटरीको सहयोगमा खानेपानी

तनहुँ । रोटरी क्लब अफ दमौलीले पँधेरी खोला खानेपानी तथा सरसफाइ योजना विस्तृत योजना प्रतिवेदन (डिपीआर) व्यास नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बुधबार नगरपालिकालाई रोटरी क्लब अफ दमौलीले उक्त आयोजनाको प्रतिवेदन हस्तान्तरण गरेको हो ।
उक्त योजनाबाट २२९ घर परिवार लाभान्वित हुने रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो। सो आयोजना १ करोड १६ लाख ४० हजार २१० रुपैयाँको लागतमा निर्माण हुँदैछ ।
सो खानेपानी योजनाको निर्माण अवधि १ वर्षको रहेको इन्जिनियर सुबास गौतमले जानकारी दिनुभयो ।
योजनाले चुँदेर, नेपालटार र रानीटारी क्षेत्रका स्थानीय लाभान्वित हुनेछन । योजना निर्माण पश्चात प्रत्येक घण्टा १० हजार लिटर पानी तान्न सकिने छ ।
उक्त योजना निर्माणमा व्यास नगरपालिकाले समेत आर्थिक सहयोग गर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
उक्त आयोजनालाई रोटरी क्लब अफ होनोलुलु युएसय, व्यास नगरपालिका, व्यास नगरपालिका वडा नम्बर ५, रोटरी क्लब अफ दमौली, स्मार्ट सिभिल कन्सल्टेन्सी (डीपीआर तयारी) लगाएतका संस्थाले सहयोग गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्