समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि भद्रपुर नगरपालिका तीन दिनका लागि बन्द

भद्रपुर, झापा- समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका तीन दिनका लागि बन्द भएको छ ।
समुदायमा फैलिँदै गएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सेवाग्राहीको भीड हुने नगरपालिकाको प्रशासनिक काम तीन दिनका लागि रोकेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिका बोर्डले आज बुधबारदेखि २३ गते शुक्रबारसम्ममा लागि प्रशासनिक काम–कारवाही, फिल्डका कामलगायत राष्ट्रिय परिचयपत्रका लागि भइरहेको फोटा खिचाउने कार्य रोक्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले बताउनु भयो । यसबीचमा संक्रमणको अवस्था हेरेर कार्यालय सञ्चालन गरिने उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्