तपाईँ सुन्दै हुनुहुन्छः

बेल्जियमका प्रधानमन्त्री डे क्रोलाई प्रम ओलीको शुभकामना

बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेन्डर डे क्रो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेन्डर डे क्रोलाई बधाई तथा शुभकामना दिनुभएको छ । बधाई सन्देश पठाउनुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र बेल्जियमले उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहेको बताउनुभएको छ । साथै दुई देशबीचको सहकार्य आगामी दिनमा थप विस्तार हुने आशा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेल्जियमका नवनियुक्त उपप्रधानमन्त्री तथा विदेशमन्त्री सोफी विम्सलाई बधाई दिनुभएको छ । नेपाल र बेल्जियमबीचको सम्बन्धका साथै द्विपक्षीय व्यापार र लगानी उहाँको कार्यकालमा अझ सुदृढ हुने विश्वास मन्त्री ज्ञवालीले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button