तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी सदरमुकाममा यात्रु सहायता कक्ष स्थापना

बैतडी । बैतडी सदरमुकाममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको बेला यात्रुहरुलाई सहयोग पुर्याउने उद्देश्यले सदरमुकामस्थित गोठलापानी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र रावलले जानकारी दिनुभयो ।

चाडपर्वको समयमा यात्रुहरुलाई पर्न सक्ने विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । बढी भाडा लिएको, सवारी साधनमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएको र यात्रुलाई अन्य कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न समेत उहाँले जानकारी दिनुभयो ।

यस्तै प्रहरीको एक सय नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने रावलले बताउनुभयो । दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर पाटन र खोड्पेमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने ट्राफिक प्रहरी इन्चार्ज रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button