तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनको विकासले समृद्धि सम्भव छः मन्त्री लम्साल

स्याङ्जा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटनको विकासले नै समृद्धि सम्भव रहेको बताउनुभएको छ । मङ्गलवार स्याङ्जाको भीरकोट नगरपालिका ४ सिसौघारी फोहोर मैला व्यवस्थापन केन्द्रको प्रशासकीय भवनको शिलान्यास गर्नुहुँदै मन्त्री लम्सालले भन्नुभयो, ‘पर्यटनका माध्यमबाट समृद्धि र विकास सम्भव छ ।’
गण्डकी प्रदेश पर्यटनयुक्त रहेकाले पर्यटनको विकासका लागी प्रदेश सरकार लागि परेको मन्त्री लम्सालले बताउनुभयो । स्थानीय पर्यटनको विकासका लागी भीरकोट लागिपरेको भन्दै सरसफाइ पर्यटनको मुख्य आधार भएको बताउनुभयो । मन्त्री लम्सालले भन्नुभयो, ‘स्याङ्जा धार्मिक तथा ऐतिहासिक महत्त्वको जिल्ला हो यहाँको पर्यटनको विकासले समग्र स्याङ्जालीको जीवनस्तर परिवर्तन हुनेछ ।’
त्यस्तै गण्डकी प्रदेश सांसद दीपक मगरले पर्यटन विकासका लागी सरसफाइ महत्त्वपूर्ण पक्ष भएको भन्दै यसका लागी भीरकोटको प्रयास निकै प्रशंसनीय रहेको बताउनुभयो ।  साथै मन्त्री लम्सालको टोलीले भीरकोटको गडहरे गुफा र स्वरेक मैदानको समेत अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button