अष्ट्रेलियाका राजदूतद्वारा सभामुख सापकोटासँग बिदाई भेट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बड ले बिदाई भेट गर्नुभएको छ ।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत बडले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गर्नुभएको हो ।
भेटमा सभामुख सापकोटाले नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गनुुहुुँदै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गर्नुभएको योगदानको प्रशंसा गर्नुभयो ।
राजदूत बडले स्वदेश फर्केपछि पनि सम्बन्ध बलियो बनाउन लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्