बागलुङका किसानहरु किबी खेतीप्रति आर्कषित

बागलुङ । पछिल्लो समय बागलुङ जिल्लाका किसानहरु किबी खेतीप्रति आर्कषित भएका छन् । जिल्लाबाट भएको बसाइँसराइका कारण बाँझो हुन थालेको जग्गामा राम्रो किबी उत्पादन हुन थालेपछि पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो ।
२०५८ सालमा पाँच वटा किबीका बोटबाट किबी खेती शुरु गर्नुभएका बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ५७ वर्षीय मेहरसिंह पाइजाको बारीमा अहिले ५०० किबीका बोट छन् । २५० बोटमा लटरम्म किबी फलेका छन् भने बाँकी बोटमा किबी फल्ने तयारीमा छ ।
पाइजाले थाल्नुभएको किबी खेती सफल भएपछि उहाँकै प्रेरणामा बागलुङका दुई दर्जनभन्दा बढी किसानले व्यावसायिक रूपमा किबीखेती गर्दै आउनुभएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतका अनुसार बागलुङमा दुईवटा किबीका पकेट क्षेत्रका रूपमा रहेको र त्यहाँ किविको राम्रो उत्पादन समेत भइरहेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा दुदिलाभाटी किबी पकेट क्षेत्र र ताराखोला गाउँपालिका–५ मा जुल्फे किबी पकेट क्षेत्र रहेको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिनुभयो ।
बागलुङमा झण्डै ४० हेक्टर जमीनमा व्यावसायिक किबीखेती हुदै आएको छ । यसमध्ये २० हेक्टर जमीनमा लगाइएको किबीले उत्पादन दिन थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्