करेन्ट लागेर एक व्यक्तिको मृत्यु
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ५ दियालेमा आज एक व्यक्तिको करेन्ट लागेर मृत्यू भएको छ । मृत्यु हुनेमा हरिन्द्र थापाका छोरा अनिल थापा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
सोही स्थानका कमला तामाङको बारीमा रहेको टाँकिको रुखमा घाँस काट्ने क्रममा धनकुटा भोजपुर जाने ३३ के वि प्रशारण विद्युतको लाइनमा रुख टासिएको कारण उनलाई करेन्ट लागेर घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्