तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण झापाका एक वृद्धको मृत्यु

झापा । कोरोना सङ्क्रमणका कारण झापा बिर्तामोडका एक जना वृद्धको मृत्यु भएको छ । उपचारका लागि विराटनगरको नोबेल हस्पिटल विराटनगर लगिएका बिर्तामोड–५ का ८३ वर्षीय खत्री थरका वृद्धको हिजो दिउँसो ३ः३० बजे मृत्यु भएको हो ।
ज्वरो र छातीमा समस्या भएर विराटनगर लगिएका ती वृद्धको असोज १८ गते त्यही स्वाब संकलन गरिएको थियो । हिजो राति ११ बजे उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मृत्यु भएपछि ती वृद्धमा संक्रमण पुष्टि भएको हो ।
उनको शव ल्याउने तयारी भइरहेको विराटनगर पुगेका बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताउनुभयो । उहाँले शव लैजानका लागि नेपाली सेनालाई बोलाइएको जानकारी दिनुभयो ।
योसँगै झापा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button