तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको रम्भामा एक पुरुषको शव फेला

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका–२ गाँबुडाँडामा एक पुरुषको शव फेला परेको छ ।

सोमबार बिहान गाबुडाँडाका ५० बर्षीय नारायण बहादुर जर्घाको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

केही दिनअघि घरबाट हिडेका उनी सम्पर्क बिहिन थिए । जर्घालाई प्रहरी, स्थानीय र आफन्तले खोजतलास गर्दा घर नजिकै पूर्वतर्फ रहेको गाबुडाँडा लेधेम पहाडको खोल्सामा मृत अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button