कोरोना संक्रमणका कारण सर्वाेच्च अदालतको सेवा प्रवाह प्रभावित

काठमाडौँ- सर्वाेच्च अदालतका एक न्यायाधीशलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएसँगै अदालतका सेवा प्रवाह प्रभावित बनेको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकमा सहभागी एक न्यायधिशमा कोरोना पुष्टि भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित १७ न्यायाधीश होम क्वारेन्टीनमा वसेपछि अदालतको सेवा प्रवाह प्रभावित भएको हो ।
अधिकांश न्यायधिश होम क्वारेन्टीनमा बसेपछि सोमबार न्यायधिश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको दुई वटा इजलासमात्र गठन गरिएको छ । आइतबार सर्वाेच्च अदालतमा न्यायधिश मनोजकुमार शर्माको एउटा मात्र इजलासले मुद्दा हेरेको थियो । सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले एक न्यायाधीश र केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानन्यायाधीशसहित कन्ट्याक्ट ट्रेसिङमा परेका न्यायाधीश तथा कर्मचारीहरु सेल्फ आईसोलेसन तथा होम क्वारेन्टाइनमा बसेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्