तपाईँ सुन्दै हुनुहुन्छः

युवकलाई खुकुरी हान्ने तीन जना पक्राउ

तुलसीपुर- गएराति खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी १४ बर्षका दिपेश चौधरी, १५ बर्षका संदिप सुनार र १९ बर्षका शिव प्रसाद चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो  ।

उनिहरुलाई राति ३ बजे पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकलमा आएका ती युवाहरुले गएराति करिब ८ बजे सल्यानको बागचौर नगरपालिका–७ टाट्के निबासी १८ बर्षका डण्डबीर खड्कालाई खुकुरी प्रहार गरेका थिए । घाईते खड्काको कोहलपुरमा उपचार भईरहेको छ । मदिरा सेवन गरेर आएका ती युवाले सामान्य विवादका कारण खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button