तपाईँ सुन्दै हुनुहुन्छः

केसीसँग वार्ता गरी माग पूरा गर्न नेता देउवा र थापाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएकोले अविलम्ब वार्तामार्फत माग पूरा गरी जीवन रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

सभापति देउवाले आज एक अपिल जारी गर्नुहुुँदै चिकित्सा शिक्षा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्ने समेतका माग केवल एक व्यक्तिको मात्र नभएको भन्नुुहुुँदै जनभावना अनुरुपका माग र आवाजको सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रा डा केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

नेता थापाले जटिल स्वास्थ्यावस्थामा पुग्नुभएका प्रा डा केसीको जीवन रक्षाका लागि प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button