बिपदबाट जोगिन गाउँपालिकाले पुर्व तयारी गर्दै

लहान । बिपदबाट हुने क्षति न्यूनीकरण गर्न सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले पुर्व तयारी गरिरहेको छ ।
अब केहि महिना पछि जाडोयाम सुरुहुने भएकोले तराईमा शितलहर जस्ता जोखिम आउन सक्ने सम्भावना भएको हुँदा त्यसबाट जोगिन गाउँपालिकाले तयारी गरिरहेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभएको छ ।
कोरोना महामारी, बाढी, आगलागी जस्ता अन्य अपत्तकालिन जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा कार्यपालिकाका सम्पुर्ण सदस्यहरुलाई आज गाउँपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरी एक दिने प्रशिक्षण राखिएको अध्यक्ष यादवले बताए ।

स्थानीय स्रोत साधनको प्रयोग गरि जोखिम न्यूनीकरण गर्ने विधिहरुको बारेमा शस्त्र प्रहरी बल सिरहाका डिएसपी बिनोद थापा र कोशिका परामर्श सेवा प्राली काठमाडौँका प्रतिनिधि श्याम प्रसाद ढकालले सहजीकरण गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्