डीपीएल टी–ट्वान्टी क्रिकेट स्थगित
धनगढी । चौंथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–ट्वान्टी क्रिकेट स्थगित भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल स्थगित भएको जनाएको छ ।
चौंथो संस्करणको प्रतियोगिता कात्तिक ८ देखि २२ गतेसम्म हुने तालिका रहेको थियो ।
तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता तोकिएको समयमा आयोजना नहुने भएको छ । आयोजकले प्रतियोगिताको नयाँ मिति चाडै तोकिने समेत जनाएको छ ।
यस अघि प्रतियोगिता करिब ८ महिना सरेको थियो । सुरुवातमा आयोजकले प्रतियोगिता गत वर्षको फागुन ३ गतेबाट आयोजना हुने जनाएको थियो ।
तर, त्यस समय नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने भएपछि प्रतियोगिताको सारिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्