तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगार वोर्डको सेवा केही समय बन्द रहने

काठमाडौं । वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगार वोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता, सचिवालय मार्फत वितरण गर्न केही समय बन्द गरेको छ ।

वैदेशिक रोजगार वोर्ड सचिवालयका कर्मचारीलाई कोभिड १९ संक्रमण भएका कारण सचिवालय मार्फत प्रदान गरिने आर्थिक सहायता सम्बन्धी सेवा अर्को सूचना नहुन्जेल स्थगित गरिएको वोर्डका उपसचिव दिनबन्धु सुवेदीले जानकारी दिनुभयो ।

आवश्यक कागजात सहित स्थानीय तहमा निवेदन दिई स्थानीय तहले आधिकारिक इमेलमार्फत वोर्ड समक्ष सिफारिस गरेमा भने सचिवालयले बैंक खाता मार्फत आर्थिक सहायता उपलब्ध गराउने उपसचिव सुवेदीले बताउनुभयो ।

सचिवालयबाट अत्यावश्यक सेवा अन्तर्गत विदेशबाट आएका शवलाई सम्बन्धित स्थानमा पुर्याउने सेवा भने जारी रहने वोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button