तपाईँ सुन्दै हुनुहुन्छः

नाटा १ नं प्रदेशको अधिवेशन सम्पन्न, अध्यक्षमा उदय कुमार श्रेष्ठ

भद्रपुर, झापा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) प्रदेश नम्बर १ को अधिवेशन शनिवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
अधिवेशनले अध्यक्षमा काँकरभिट्टाका पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठलाई आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत चयन गरेको छ ।
प्रदेश कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सिना, महासचिवमा नवीन खरेल, सचिवमा सुरेन्द्र पौडेल, कोषाध्यक्षमा सञ्जित तामाङ, सदस्यहरूमा मोहन सिलवाल, जीवन पराजुली, धर्मराज शिवाकोटी र चक्र बहादुर कार्की चयन हुनुभएको थियो ।
अधिवेशनकै अवसरमा यस वर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ भने नाटाका संस्थापक अध्यक्ष हेमराज वाँस्तोला र पर्यटन व्यवसायी मोहन निरौलालाई पर्यटन व्यवसायमा पुर्‍याएको योगदानस्वरुप सम्मान गरिएको नाटाका अध्यक्ष भूपालमान श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button