स्याङ्जाका पहिरो पीडितको घरघरमा मन्त्री अर्याल

स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल स्याङ्जाका पहिरो पिडितको घरघरमा पुग्नुभएको छ ।
अविरल वर्षाका कारण पहिरोबाट स्याङ्जामा ठुलो जनधनको क्षति भएको थियो । जिल्लाको कालीगण्डकी, गल्याङ, वालिङका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएका स्थानहरुको अवलोकन गर्नुका साथै पहिरो पिडितको घरघरमा पुगेर सुखदुख साट्नुभएको हो ।
मन्त्री अर्यालले आज वालिङ–११ पेखुमा पुगेर पहिरोमा परी मृत्यु भएका दुर्गाबहादुर थापाको परिवारलाई राहत प्रदान गर्नुका साथै समवेदना समेत व्यक्त गर्नुभएको छ । उहाँले थापाको परिवारलाई साढे दुई लाख प्रदान गर्नुभएको छ । संघीय सरकारको तर्फबाट दुई लाख र प्रदेश सरकारको ५० हजार गरी साढे दुई लाख राहत मन्त्री अर्यालले प्रदान गर्नुभ हो ।

यही असोज १३ गते गिट्टी निकाल्न गएका थापाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो ।
त्यस्तै उहाँले घाइते मुना थापालाई २० हजार, नारायणी सिंजाली र डिलबहादुर परियारलाई १०÷१० हजार राहत प्रदान गर्नुभएको छ ।
त्यसैगरी मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परी वालिङ नगरपालिका–१४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गर्नुभएको छ ।
उहाँले आफनो माइती गाउँ समेत रहेको वालिङ नगरपालिका–१४ तमादीमै पुगेर १० लाख २० हजार प्रदान गर्नुभएको हो ।
राहत रकम नेपाल सरकारको तर्फबाट सात लाख र मन्त्रालयको पहलमा तीन लाख रकम मन्त्रीले प्रदान गर्नु भएको हो ।
असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको आठ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो ।
यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका–४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको छ । पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गर्नुभएको हो ।
असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट दुई लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गर्नुभएको हो ।

यसैगरी उहाँले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य घरमा क्षति भएका तीन परिवारलाई पाँच र पाँच हजारका दरले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
मन्त्री अर्यालले गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई संहकारी संघका तर्फबाट २० र २० हजार र बिस्थापित चार परिवारलाई १५ र १५ हजार राहत प्रदान गर्नुभएको छ ।
पहिरो पिडितलाई मल्हम लगाउने प्रयास गर्नुभएका मन्त्री अर्यालले शुक्रबार, शनिबार र आइतबार गरी तनि दिनसम्म जिल्लाका पहिरोले क्षति गरेका स्थान अवलोकन गर्नुका साथै राहत समेत वितरण गर्नुभएको हो ।

राहत वितरणका क्रममा मन्त्री अर्यालले पहिरो पिडितको आवास निर्माणका लागि सरकार इटा बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिरोका कारण हामीले जिल्लाका नक्षेत्र गुमाउनु पुग्यौँ । कही परिवार नै लग्यो, बासै गुमाउनुभएको छ ।
सरकार पिडितको साथमा छ । आवास निर्माणका लागि हामी सहयोग गछौँ ।’ उहाँले पहिरो स्थलमा प्राविधिक खटाएर विस्तापितलाई उचित स्थानमा दिर्घकालीन स्थानान्तरण गर्नेे बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्