नागोर्नो – काराबाख क्षेत्रमा भीषण युद्ध
येरेभान । नागोर्नो – काराबाख क्षेत्रलाई लिएर दुई छिमेकी मुलुकहरू अरमेनिया र अजरबैजान बीच हिजो (शनिवार) पनि भीषण युद्ध जारी रह्यो ।विश्व शक्ति राष्ट्रहरूले युद्ध बिराम र वार्ताको आह्वान गरेपनि हिजो सयौँको ज्यान जाने गरी दुई देशबीच ठूलो स्त्तरमा युद्ध भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
अरमेनियाका रक्षा मन्त्रालयका प्रवक्ता शुशान स्टिपनयानले अजरबैजानले तोप आक्रमण गरेको र त्यसको प्रतिउत्तरमा अरमेनियाको सेनाले पनि नयाँ चरणको आक्रमण सुरु गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्