फ्रान्स र इटालीमा भीषण आँधी : कम्तीमा दुईको मत्यु, २५ बढी बेपत्ता
पेरिर/रोम । युरोपेली मुलुकहरू फ्रान्स र इटालीमा आएको भीषण आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढीको बेपत्ता भएका छन् ।
एलेक्स नाम दिइएको उक्त आँधीका कारण दक्षिण फ्रान्स र उत्तर पश्चिमी इटालीमा तीव्र गतिको हावाहुरी र अविरल वर्षा साथै बाढी आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
दक्षिण फ्रान्सेली सहर निश र आसपासका गाउँहरूमा बाढीले धेरै क्षति गरेको त्यहाँको मेयरले बताउनु भएको छ ।
त्यसै गरी, उत्तरी इटालीमा बाढीले सडक र पुलहरूमा क्षती पुराएको रोयटर्सले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्