तपाईँ सुन्दै हुनुहुन्छः

नियमित उडान तालिका छिट्टै दिन्छौंः मन्त्री भट्टराई 

बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी बझाङ र बैतडीमा रहेका हवाई मैदानहरुको निरिक्षणमा क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश कुमार भट्टराईले बझाङका लागी नियमित उडान तालिका छिट्टै दिने बताउनु भएको छ ।

तिनै जिल्लाका हवाई मैदानको स्तरउन्नति भएर कालोपत्रे भई सकेपछि परिक्षण उडान लिएर सुमित एयरको जहाजमा शनिबार बझाङ आउनुभएका मन्त्री भट्टराईले बझाङ बासीलाई बिश्वास दिलाउदै नियमित उडानका लागी छिटै तालीका सार्वजनिक गर्ने प्रतिवद्धता गर्नु भयो ।

परिक्षण उडानको क्रममा मन्त्री भट्टराई लगायत मन्त्रालयका सचिब र नागरिक उड्यन प्राधिकरणका प्रमुख सहितको टोली जिल्ला आएको अबसर परि देबल हवाई मैदानमा जिल्लाबासीका तर्फबाट एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

२०३२ सालदेखि नियमित उडान भएको देवल विमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसंगै नियमित उडान स्थगित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button