मन्त्री साहद्वारा निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन

बर्दिवास । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ३ स्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयलाई प्रदेशकै नमूना संस्था बनाउने प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
शनिवार निगौल गाई गौशालाको अनुगमन गर्दै मन्त्री साहले कार्यालयलाई नमूना बनाउन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
भारतका दरभंगाका महाराजले सञ्चालनमा ल्याएको ऐतिहासिक यस संस्थालाई जोगाउनका लागि प्रदेश २ सरकारले आगामी दिनमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
अनुमनका क्रममा प्रदेश समिति सदस्य लक्ष्मी महतोले कार्यालय सञ्चालन र निगौल गाई गौशालामा रहेको गाईको व्यवस्थापनका लागि एक्लाख सापटी दिनु भएको छ । प्रदेश सरकारबाट सहयोग उपलब्ध हुने वित्तिकै सो रकम फिर्ता हुने बताउनुभयो ।
निगौल गाई गौशाला व्यवस्थापन कार्यालयमा हाल करिव तीन सय गाई रहेको छ । साथै, गाईको सेवा अर्थात् रेखदेखका लागि २१ जनालाई राखिएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्