तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा गरिएको परीक्षण थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बारा, पर्सा र रौतहटका ३४ जनासहित कास्कीको थप एक गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गएराति पर्साको बिभिन्न स्थानबाट संकलन गरी ल्याइएको एक सय ३७ जनाको स्वाब परिक्षण गर्दा १५ जना, बाराका बिभिन्न स्थानबाट संकलन गरी ल्याइएको ५५ स्वाब परिक्षण गर्दा १७ जना, रौतहटका दुई जना र कास्कीको एक जना गरी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

पर्सामा थपिएका सङ्क्रमितहरु मध्ये बीरगंज महानगरपालिकाको वडा नम्बर १३, १४, १५, १६ मा एक÷एक जना रहेका छन् भने बीरगंजस्थित एनएमबी बैंकका दुई जना कर्मचारीलाई समेत सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर १ मा चार जना, वडा नम्बर ५ मा एक जना, जिराभवानी गाउँपालिकामा एक जना, पोखरीया नगरपालिकामा एक जना, बहुदरमाई नगरपालिकाको वडा नम्बर २ र ७ मा एक÷एक जना गरी पर्सामा १५ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।

त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिकामा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये वडा नम्बर ७ मा दुई जना, वडा नम्बर २ मा चार जना, वडा नम्बर १ मा छ जना, वडा नम्बर १५र ११ मा एक÷एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी बाराकै बारागढी गाउपालिका वडा नम्बर २ मा एक जना, परवानीपुर गाउँपालिका वडा नम्बर २ मा एक जना, महागढिमाई नगरपालिका वाडा नम्बर ११ मा एक जना र कलैया नगरपालिकामा एक जना गरी बारामा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी रौतहटका दुई जना र कास्कीका एक जनामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

सङ्क्रमित मध्ये सात महिला र २८ पुरुष रहेका छन् । ५ बर्षदेखि ७७ बर्षसम्मका सङ्क्रमितहरुको सिटि भ्यालु १७ देखि ३५ सम्म रहेको डा.चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button