सर्लाहीमा सवारी दुर्घटना : एक जनाको मृत्यु १० जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएका सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १ किस नपुर बस्ने १७ वर्षीय सरोज साह रहेका छन् । गत साँझ लामबन्दी नगरपालिका वडा नं.१७ रानीगंज स्थित पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. २३ प. १६६३ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा सोही दिसामा जादै गरेको साह सवार प्रदेश नं.१–०२–०४१ प ४४८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए । दुर्घटना पश्चात् अचेत अवस्थामा रहेका साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने बर्दिबास नगरपालिका वडा नं. १ किसनपुरका १७ वर्षीय नविन साह घाइते भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । सोही दुर्घटनामा परी ना. २३ प. १६६३ न.को मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका वडा नं.१५ बस्ने ३५ वर्षीय दिनेश राय तथा मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँ बस्ने २६ वर्षीय कृष्ण यादव घाइते छन् ।
यसैबिच, गएराती मलंगवा नगरपालिकामा पनि बिआर ३० वाई २२१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिन जाँदा . वडा नं.९ बस्ने वर्ष २० का अबधेश शर्मा र सोही ठाउँ बस्ने बर्ष २२ का गौतम शर्मा घाइते भएका छन् ।
त्यस्तै सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. ९ बसतपुरमा स्थित भित्री सडक खण्डमा श्रीनगरबाट हरिपुर्वा तर्फ जाँदै गरेको बिआर ३० इ ३३७३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आएको साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा साइकल चालक हरिपुर्वा न.पा.७ बस्ने नवल किशोर मण्डलका ११ वर्षीय छोरा सन्तोष कुमार मण्डल र साइकल पछाडि सवार सोही वडा बस्ने दशरथ मण्डलका १२ वर्षीय छोरा अमरजित मण्डल र मोटरसाइकल चालक वडा नं. ९ बस्ने बर्ष २४ को अनिल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यसैगरी सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ७ स्थित बरहथवाबाट हिरापुरतर्फ जाँदै गरेको प्र.नं.२–०३–००४ प ४८८० नं. को स्कुटरले सोही ठाउँमा रोकी राखेको ना. ३७ प. १९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । घाइते हुनेहरुमा स्कुटर चालक बरहथवा नगरपालिका वडा नं.५ बस्ने १८ वर्षीय अमित सिंह र मोटरसाइकल चालक वडा नं. ५ कै २७ वर्षीय जय नारायण दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत मदन कुँवरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्