तपाईँ सुन्दै हुनुहुन्छः

तलाउमा डुबेर बाँकेका दुई युवाको मृत्यु

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेगाँउका २ किशोरको तलाउमा डुबेर ज्यान गएको छ ।

शुक्रबार बाँकेको राप्तीसोनारीको फत्तेपुरमा रहेको नागराफल झरना हेर्न पुगेका ती दुई किशोरको तलाउमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ६ जनाको समुहमा गएका उनीहरुमध्ये बाँकेगाँउका १६ वर्षिय शिव शंकर शुक्ला र १४ वर्षका बिनोद बर्मा तलाउमा डुबेका थिए ।

झरना हेरेर फर्कँदै गर्दा नजिकै रहेको तलाउमा पौडी खेल्न पसेका ६ जनामध्ये दुई जना डुबेका थिए । उनीहरुको उद्दार गरी उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button