नेसन्स चेस कप २०२० का लागि १० खेलाडी छनोट
काठमाडौं । एसियन अनलाइन नेसन्स चेस कप २०२० मा प्रतिस्पर्धा गर्न नेपालबाट १० खेलाडी छनोट भएका छन ।
नेपाल बुद्धिचाल संघले फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता र छनोटमार्फत ५ पुरूष र ५ महिला खेलाडी छनोट गरेको हो ।
महिलातर्फ सुजान लोहनी, सिन्दिरा जोसी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छनोट भएका छन् भने पुरुषतर्फ पुरुषोतम चौलागाइँ, विवेक लामा, केशभ श्रेष्ठ, सुमित पन्त र छितिज भण्डारी छनौट भएका छन् ।
छनोटमा महिलातर्फ १८ जनाले फर्म भरेपनि ९ जनाले भाग लिएका थिए । यस्तै पुरुषतर्फ नाम दर्ता गराएका २५ जनामध्ये २० जनाले छनोटमा सहभागीता जनाएका थिए । एसियाली चेस महासंघले पहिलोपल्ट आयोजना गर्न लागेको र्यापिड चेसको एसियन अनलाइन नेसन्स कप अक्टोबर १० देखि २५ सम्म सञ्चालन हुदैछ ।
प्रतियोगितामा नेपाली टिमले ३.२ जोनमा बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन् । स्वीस लिगको आधारमा नौ चरणमा हुने नेसन्स कपमा हरेक जोनका शीर्ष दुई टिम अर्को चरणमा प्रवेश गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्